
साप्ताहिक संवाददाता

गायक समिर विक र गायीका सुमिना बराईलीको युगल गायनमा नयाँ गीत सार्वजनिक भएको छ । पुर्वेली भाकामा रहेको ‘भेटैमा भयो सोल्टिनी’ बोलको गीत र भिडियो एकसाथ सार्वजनिक गरिएको हो ।
बुद्धिमान बराईलीको शब्द तथा लयमा तयार गरिएको पुर्वेली भाकाको भिडियोलाई राम विकले निर्देशन गरेका छन् । मोरङको पथरीमा छायाङ्कन गरिएको भिडियोमा दीपा ढकाल र विशाल गदालको रोमान्स देख्न सकिन्छ ।
गायक समिरले गीत रिलिजपछि भनेका छन्– ‘८ बर्षको सांगितिक दौडानमा दर्जनौ गीतहरु बजारमा आए, तर पहिलोपटक लोकगीतमा आवाज भरेको छु । हाम्रो संस्कृति र पुर्वेली भाकालाई दर्शक, श्रोताहरुले माया गर्नुहुन्छ भन्ने कुराले उर्जा प्रदान गरिरहेको छ ।’
गीतको म्यूजिक भिडियो :