साप्ताहिक संवाददाता
चैत्र ९, २०७६
गीतकार अम्बिका गुरुङ्ले कोरोना सम्बन्धि जनचेतनामुलक गीत सार्वजनिक गरेकी छिन् । गीतकार अम्बिकाले पछिल्लो समय विश्वभरको जनजीवन प्रभावित बनाइरहेको कोरोनाको विषयलाई केन्द्रमा राखेर तयार गरेको गीतको म्यूजिक भिडियो समेत निर्माण गरेकी छिन् ।
सार्वजनिक गीतमा दीपक शर्माले संगीत गरेका छन् । गीत ध्रुब बिस्कोले गाएका छन् । ‘लौन आयो के आयो’ बोलको सार्वजनिक गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन सुन्न सकिन्छ ।
राज खड्काले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा निर्देशक राज र सुरज अधिकारीले अभिनय गरेका छन् । बिजय लामाको छायांकन रहेको गीतको म्यूजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :