कोरोना भाइरस प्रकोपः २९.१४ प्रतिशत उपचारपश्चात घर फर्किए

- साप्ताहिक संवाददाता

चैत्र १०, २०७६

कोभिड–१९ का कारण विश्वमा मृत्यु हुने संख्या दिनानुदिन बढ्दो छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आइतबारसम्म विश्वका १ सय ८५ देशमा भाइरसको संक्रमण फैलिएको जनाएको छ । जसमा २ लाख ९२ हजार १ सय ४२ जना संक्रमित भएका छन् भने १२ हजार ७ सय ८४ को मृत्यु भएको छ । डब्लुएचओका अनुसार ७७ देशका नागरिकको मृत्यु भएको छ ।

डिसेम्बर ३१ मा चीनको हुबेइ प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको नियमित अपडेट गराउँदै आएको वल्र्डओमिटर्सको तथ्यांङ्कले भने बेग्लै चित्र देखाउँछ । वल्र्डओमिटर्सका अनुसार अहिलेसम्म कोरोना भाइरसका कारण ९४ देशका नागरिकको मृत्यु भएको छ भने १ सय ९२ देशमा संक्रमण फैलिएको छ । जसकाअनुसार ३ लाख ४५ हजार २ सय ९२ जनामा कोभिड–१९ को संक्रमित छन् भने १४ हजार ९ सय २५ को मृत्यु भैसकेको छ । 

यसरी विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को त्रास नेपालमा पनि बढ्दो छ । सोमबार कोरोना भाइरसको थप एक संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ पुगेको छ । जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने पुष्टि भएका अर्को व्यक्तिको उपचार जारी रहेको छ । 

कुन देशमा कतिको मृत्यु ? 

पछिल्ला दिनमा युरोपेली मुलुक र अमेरिकामा कोरोना भाइरसको संक्रमित र बिरामीको संख्या बढिरहेको छ । वल्र्डओमिटर्सका अनुसार इटलीमा अहिलेसम्म ५ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ भने ५९ हजार १ सय ३८ जना संक्रमित रहेको जनाइएको छ । यद्यपि, इटलीमा कोरोना भाइरसको नयाँ संक्रमित देखिएको छैन । इटलीपछि अमेरिकामा भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

अमेरिकामा हालसम्म ४ सय ५८ जनाले ज्यान गुमाएका छन् भने त्यहाँ सोमबारमात्र ३९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा भने पछिल्लो समय संक्रमित दर घट्दै गएको छ । चीनमा अहिलेसम्म ३ हजार २ सय ७० जनाको मृत्यु भएको छ भने त्यहाँ सोमबार थप ९ जनाको मृत्यु भएको छ । चीनमा ८१ हजार ९३ जना संक्रमित छन् । यस्तै, स्पेनमा १ हजार ८ सय १३ जनाको मृत्यु भएको छ भने इरानमा १ हजार ६ सय ८५ जनाको मृत्यु भएको वल्र्डओमिटर्स डट इन्फोले जनाएको छ । 

यस्तै, फ्रान्समा ६ सय ७४, बेलायतमा २ सय ८१, दक्षिण कोरियामा १ सय ११, नेदरल्याण्डमा १ सय ७९, स्वीजरल्याण्डमा ९८, जर्मनीमा ९४, बेल्जियममा ७५, अष्ट्रियामा १६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी नर्वे, अष्ट्रेलिया, पोल्याण्ड, हंगेरीलगायतका देशमा ७-७ जनाको मृत्यु भएको छ । स्विडेनमा २१, पोर्चुगलमा १४, ब्राजिलमा २५, क्यानडामा २०, डेनमार्कमा १३, मलेसियामा १०, टर्कीमा ३० जनाको मृत्यु भएको छ । 

जापानमा ४१, आयरल्याण्डमा ४, पाकिस्तानमा ६, लक्जमबर्गमा ८, इक्वेडरमा १४ जनाको कोभिड–१९को संक्रमणबाट मृत्यु भएको छ । यस्तै, ग्रिसमा १५, इन्डोनेसियामा ४८, भारतमा ८ जनाको मृत्यु भएको छ । फिलिपिन्समा ३३, पेरुमा ५, इजिप्टमा १४, इराकमा २०, अल्जेरियामा १७, सान मारिनोमा २० जनाले ज्यान गुमाएका छन् । त्यसैगरी हङकङ, अर्जेन्टिना, लेबनान, मोरक्को र बुर्किना फासोमा ४-४ जनाको मृत्यु भएको छ । रोमानिया, पानामा, डोमेनिक रिपब्लिक, बुल्गेरिया, ट्युनिसिया र युक्रेनमा ३-३ जनाको मृत्यु भएको छ । सिंगापुर, स्लाभानिया, बहराइन, मेक्सिको, कोलम्बिया, सर्बिया, ताइवान, दुबई, कोस्टारिका, अल्बानिया र बंगलादेशमा २÷२ जनाले ज्यान गुमाएका छन् । यस्तै, इजरायल, चेचेन्या, थाइल्याण्ड, चिली, फिनल्याण्ड, आइसल्याण्ड, रसिया, क्रोएसिया, लिथुवानिया, बोस्निया, नर्थ म्याकेडोनिया र एन्डोरामा १÷१ जनाको मृत्यु भएको छ । साइप्रस, मल्डोभा, अजरबैजान, ग्वाडेलुप, मार्टिनिक, अफगानिस्थान, क्युवा, घाना, मोन्टेनेग्रो, पाराग्वे, ग्वाटेमाला, गुएना, जमैका, गाबोन, केम्यान आइल्याण्ड र सुडानमा पनि १÷१ जनाको मृत्यु भएको जनाइएको छ ।  

संक्रमितमध्ये २९.१४ प्रतिशतलाई निको भयो 

वल्र्डओमिटर्सका अनुसार अहिलेसम्म विश्वमा ३ लाख ४५ हजार २ सय ९२ जनामा कोरोनामा भाइरस कोभिड–१९ को संक्रमण देखिएको छ । सोमबारसम्म ९९ हजार ५ सय ४१ जना मानिसलाई निको भएको जनाइएको छ । यो कुल संक्रमितको २९.१४ प्रतिशत हुन आउँछ । यसमध्ये चीनमा सबैभन्दा धेरै ७२ हजार ७ सय ३ मानिसलाई देखिएको कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । 

यस्तै, इटलीमा ७ हजार २४, स्पेनमा २ हजार ५ सय ७५, इरानमा ७ हजार ९ सय १३,  फ्रान्समा २ हजार २ सय, दक्षिण कोरियामा ३ हजार १ सय ६६, अमेरिकामा १ सय ७८, जर्मनीमा २ सय ६६ बेलायतमा १ सय ३५, स्विजरल्याण्डमा १ सय ३१, बेल्जियममा ३ सय ४० जनालाई कोभिड–१९ निको भएको छ । 

४.३ प्रतिशत संक्रमितको मृत्यु, ६६.८४ प्रतिशत उपचाररत 

अहिलेसम्म कोरोना संक्रमित मध्ये ४.३ प्रतिशतको मृत्यु भएको वल्र्डओमिटर्सको तथ्यांकले बताउँछ । यो समाचार तयार पार्दा सम्म विश्वमा ३ लाख ४५ हजार २ सय ९२ जना कोरोना संक्रमित छन् । यसमध्ये १४ हजार ९ सय २५ जनाको मृत्यु भएको छ । यो कुल संक्रमितको ४.३ प्रतिशत हुन आउँछ । भने ६६.८४ प्रतिशत अर्थात २ लाख ३० हजार ८ सय २६ जना मानिस उपचाररत छन् । यी मध्ये १० हजार ६ सय ३३ को अवस्था गम्भीर रहेको वल्र्डओमिटर्सले जनाएको छ । 

प्रकाशित :चैत्र १०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×