• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
विश्वासघाती कानुन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मनोज गजुरेल

विश्वासघाती कानुन
आश्विन १८, २०७५

सरी, सरी, सरी... मैले विश्वासघातविरोधी कानुन नै भन्ने खोजेको हुँ, तर विश्वासघातको ह्याङओभर भएकाले शीर्षकमा गोलमाल भएछ । शीर्षकमा गोलमाल भए पनि विषयमा तालमेल रहनेछ ।

मुलुकी ऐनको नयाँ अपराध आचारसंहितले भनेको छ, अधिकारप्राप्त विश्वासघातीहरूलाई ५ वर्ष जेल वा ५० हजार जरिवाना हुनेछ । त्यसैगरी अनाधिकारप्राप्त विश्वासघातीलाई ३ वर्ष जेल वा ३० हजार जरिवाना हुनेछ ।

प्रश्न उठ्छ, अधिकारप्राप्त बिश्वासघाती को हुन् ? अर्काको काम, कारोबार जिम्मा लिएको व्यक्ति वा कानुनी दायित्व पूरा गर्नुपर्ने व्यक्ति भनिएको छ । यस अर्थमा, सरकारी, गैरसरकारी तथा संस्थागत विश्वासघातीहरू पर्छन् ।

त्यसैगरी ३ वर्ष वा ३० हजारवाला विश्वासघातीमा पारिवारिक, व्यक्तिगत तथा मनोगत मानिसहरू पर्छन् । विश्वास गरेर मनका कुरा साटेको साथीले ढाँटे, ढाड पछाडि कुरा काटे वा झुक्याउन आँटे पनि यो कानुन आकर्षित हुन सक्ने आशा छ ।

कानुनी विषय पर्‍यो । सामान्य लेखकले विश्लेषण गर्न मिल्दैन । यद्यपि जान्नेहरूको भनाइमा, कानुनको आश गर्नु, भरचाहिं नपर्नु रे । वकिलले अक्षर घुमायो भने अपराधी पनि पराअधी बनेर चोखिन सक्छ रे । न्यायमूर्तिले बोली घुमाए भने जेल जानुपर्ने मानिस टाउकोमा जेल लगाएर उम्किन सक्छ ।

यस आधारमा यो कानुनलाई लिएर दंग परिहाल्नुपर्ने वा उमंगित भैहाल्नुपर्ने देखिँदैन, तर पनि कदाचित विश्वासघाती कानुनले काम गर्‍यो भने धेरै माथि न्याय हुन सक्छ । आउनुहोस्, त्यसका बारेमा चर्चा गरौं ।

सबैभन्दा बढी राहत प्रेमी–प्रेमिकालाई हुन सक्छ । सँगै मर्ने, सँगै जिउने वाचा गरेर सँगै पिउन थालेका प्रेमी–प्रेमिका रक्सीले छोड्दा अर्कैसँग भेटिएका छन् । तिम्रो माया उनान्सय मेरो माया सय भन्दै छुटेका श्रीमान्–श्रीमती विदेशबाट फर्कंदा यसको ९८ उसको माया डेढ सय भन्दै अर्कै च्यापेर हिंडेका घटना घटेका छन् ।

जुनसुकै पक्षबाट भएका भए पनि यी दुवै विश्वासघाती काम हुन् । विगतमा भएका विश्वासघातलाई त यो कानुनले कारबाही नगर्ला तर भविष्यमा हुन सक्ने विश्वासघातमा भने पक्कै कमी आउन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

बाबु भनेर विश्वास गरेको मानिसले कान्छी ल्याएर जेठीतिरका सन्तानका लागि यो कानुनले राहत दिन सक्छ । दाजु भनेर सम्मान गरेको मानिसले भाउजूको लहहलैमा लागेर भाइलाई घरबारविहीन हुनदिने गरी संरक्षण गर्न सक्छ । आफ्नै मामाको छोरा भनेर पैसा दिएको म्यान पावर मालिकलाई बाँध्न सक्छ, तर एउटै डर के हो भने कानुनको प्रयोग कसले, कसरी र कहाँ गर्छ ?

विश्वासघातको पीडाबाट कोही पनि अछुतो छैन । पतिबाट पत्नी, पत्नीबाट पति, दाजुबाट भाइ, भाईबाट भाउजू, सालीबाट भेना, सोल्टीबाट सोल्टिनी, समाजसेवीबाट दाताहरू, एनजीओबाट राष्ट्र, राष्ट्रबाट परराष्ट्र, परराष्ट्रबाट अन्तराष्ट्र, अन्तराष्ट्रबाट विश्व...सबै विश्वासघातबाट पीडित छन् ।

धर्तीमा शान्ति ल्याउँछु भनेर हिंसाको भुमरीमा पार्ने युद्ध सरदारहरू, समृद्धिको शिखर चढाउँछु भनेर अन्योलताको खाल्डोमा झार्ने सरकारहरू, समाजलाई समुन्नत बनाउँछु भन्दै भित्रभित्रै खोक्रो बनाउने समाजसेवीहरू, भगवानसँग भेट गराउँछु भन्दै अन्धविश्वासको भुमरीमा भुल्याउने धर्मका ठेकेदारहरूसमेतलाई यो कानुनले कर्‍याप्प पार्न सक्छ । एउटै खतरा छ, कानुन कसले व्याख्या गर्छ र कसरी प्रयोग गरिन्छ ।

सबैभन्दा ठूलो विश्वासघात राजनीतिज्ञहरूले गरेका छन् । आउँछु भनेर आएका छैनन् । दिन्छु भनेको दिएका छैनन् । गर्छु भनेको गरेका छैनन् । हुन्छ भनेको काम भएको छैन । आउँछ भनेको विकास आएकै छ । पाउँछौं भनेको सुविधा पाएको छैन । यो सबैभन्दा ठूलो विश्वासघात हो । विश्वासघातविरोधी कानुनले यस्ता विषयलाई चाहिँ तान्छ कि तान्दैन, उक्त कानुन यतातिर आकर्षित हुन्छ कि हुँदैन त्यो प्रमुख कुरा हो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik