• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
समसामयिक देउसी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मनोज गजुरेल

समसामयिक देउसी
कार्तिक २१, २०७५

एभन भन भाइ हो, के भन्ने ? शान्ति–सुरक्षा दे भन्ने । भन भन बैनी हो, के भन्ने ? बलत्कारी समाएर ले भन्ने । भन भन बा हो, के भन्ने ? बृद्धभत्ता बढाएर लेउ भन्ने । भन भन आमा हो, के भन्ने ? ज्येष्ठ नागरिकलाई सुरक्षा देऊ भन्ने ।

ए, हामी त्यसै आएनौं, जनताले पठाए, सरकार के–के गर्दैछ, चासो राख्न पठाए । महँगी घटाउँछु भन्या थ्यौ, समृद्धिका दिन गन्या थ्यौ । झन् बढ्यो भाउ तेलको, गफ मात्रै भयो रेलको ।

 

बेरोजगारी बढ्दैछ, उद्योगधन्दा लड्दैछ । युवालाई विदेश पठाउँदै, विकासको डम्फु ठटाउँदै । रेमिटेन्सले देश धानेर, समृद्धि बढेको ठानेर । गफैले बित्यो ६ महिना, सरकारलाई थाहा छ/छैन ?

ए राम्ररी भन, भन्दैछौं । स्वर मिलाईकन, कन्दैछौं । ऋणको भारी बोकेर, अनुदानको गफ ठोकेर । मन्त्रीको कुरा पत्याउँदै, नेताका भाषणले अत्याउँदै । होला कि होला कि भनेर, हुने दिन सधैं गनेर । ६ महिना बित्यो यत्तिकै, वर्षदिन बित्ला त्यत्तिकै ।

ए हिलो बाटो । ए लड्दै–पड्दै । ए खाल्टामा पर्दै । हिंड्दैछौं हामी । ए घुम्दैछौं तिमी । ए युरोप र जापान, ए गरेर चियापान । ए हेल्लो मेयर, बिग्रियो कि गियर । न बन्द हुन्छौ, न अघि बढ्छौ † ए कुच्चिएको भाँडो, ए जनतालाई घाँडो । 

ए

 पप्पुको पारा, टार्ने झारा । ए ठेक्का र पट्टा, ए ख्याल र ठट्टा । ए झ्याप पार्ने टेन्डर, जनतालाई हन्डर । ए कमिसनको जालो, ए सबको मुख कालो । ए ठेकदार र नेता, सबका मुख राता । 

ए, यो देश कसको ? नेताको । नेता कसको ? ठेकेदारको । ए ठेकेदार कसको ? गुन्डाको । ए गुन्डा कसको ? तस्करको । ए तस्कर कसको ? पुलिसको । ए पुलिस कसको ? राष्ट्रको । राष्ट्र कसको ? जनताको । ए जनताको कसको ? नेताको । ए को हो कसको ? कसको, कसको † ए राजनीतिको जालो, ए काम गर्छन् कालो । ए देशको झन्डा, बनाए पुछ्ने टालो । 

ए भन भन भाइ हो, भन्दैछु । ए तोडले भन, भन्दैछु । ए, हत्याका घटना गन्दैछु । ए बलात्कारका घटना, सुन्दैछु । ए तस्करीका काण्ड, भन्दैछु । ए सुनका डल्ला, गरेर सल्लाह । ए तस्कर र पुलिस, ए नगरी हल्ला । ए मिलेर खाने, ए, जेलचाहिं नजाने । 

ए, सुन सुन भाइ हो, सुन्दैछु । ए मन्त्रीका आश्वासन, गुन्दैछु । ए सिन्डिकेडको कुरो, ए पहिरोले पुर्‍यो । ए ठेकेदारको कुरो, कुरो न सुरो । गफमात्रै ठूला, गन्हाउने मूला । 

ए बोल–बोल भाइ हो, बोल्दैछु । ए गोप्य–गोप्य कुरा खोल्दैछु । ए पानीका किरो, ए कारबाही जिरो । ए चामलमा ढुंगा, ए कारबाही सुन्ना । ए करको भारी, ए जनतालाई पारी । ए भ्रमण र यात्रा, ए देखाउँदै जात्रा । ए काम छैन सिन्को, ए फुर्ती कत्रो तिनको ?

ए लेखको काने, ए औलको माने । ए यो वर्ष देउसी, ए यति नै जाने ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik