• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
गजुरेल ज्योतिषका भविष्यवाणी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मनोज गजुरेल

गजुरेल ज्योतिषका भविष्यवाणी
माघ १७, २०७५

हाम्रो भाग्य र भविष्य बताउनेहरूलाई नाम, दाम र सम्मान सोहोर्न भ्याइ–नभ्याइ छ । भलै ती भविष्यवेत्ताहरूलाई आफ्ना बारेमा केही थाहा नहोस्, उनीहरू अरूको पूर्वजन्म र पुनर्जन्म पनि बताइदिन सक्छन्, सत्य होस् वा नहोस् । एक–दुईवटा डरलाग्दा भविष्यवाणी गरिदियो । दुई–चार जनाको काल्पनिक भाग्य बतायो । आठ–दस जनाको सम्भावित भविष्य भनि दियो । त्यसपछि हेर्नुहोस्, चर्चा र पैसा कसरी बर्सिंदो रहेछ, जहाँ गरिबी छ त्यहाँ भोटको राजनीति फस्टाउँछ । जहाँ अशिक्षा छ त्यहाँ अन्धविश्वासको दोकान चल्छ । जनतासँग इमोसनल ब्ल्याकमेलिङ गर्न सजिलो हुन्छ ।

हाम्रो भाग्य र भविष्य बताउनेहरूलाई नाम, दाम र सम्मान सोहोर्न भ्याइ–नभ्याइ छ । भलै ती भविष्यवेत्ताहरूलाई आफ्ना बारेमा केही थाहा नहोस्, उनीहरू अरूको पूर्वजन्म र पुनर्जन्म पनि बताइदिन सक्छन्, सत्य होस् वा नहोस् ।

एक–दुईवटा डरलाग्दा भविष्यवाणी गरिदियो । दुई–चार जनाको काल्पनिक भाग्य बतायो । आठ–दस जनाको सम्भावित भविष्य भनि दियो । त्यसपछि हेर्नुहोस्, चर्चा र पैसा कसरी बर्सिंदो रहेछ !

जहाँ गरिबी छ त्यहाँ भोटको राजनीति फस्टाउँछ । जहाँ अशिक्षा छ त्यहाँ अन्धविश्वासको दोकान चल्छ । जनतासँग इमोसनल ब्ल्याकमेलिङ गर्न सजिलो हुन्छ ।

के तपाईं पनि जनताको अबोधपनलाई पैसा कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? यसका लागि केही मनोवैज्ञानिक पक्ष थाहा पाइरहनुपर्छ । केही सामाजिक एवं आर्थिक परिवेश बुझ्नुपर्छ । अलिकति धार्मिक श्लोक जान्नुपर्छ । थोरै ज्योतिष विज्ञानको भाषा जाने राम्रो, नजाने पनि वाकपटुताचाहिं चाहिन्छ ।

त्यसपछि तलका शुत्रहरू कण्ठ गर्नुहोस् । मान्छेअनुसार भूत, भविष्य र वर्तमान बताइदिनुहोस्, दोकान मज्जाले चल्छ ।

१. तपाईंको परिवारमा कसै न कसैलाई केही न केही बिमारी छ— हो कि होइन ? 

२. मनमा कुरा खेलिरहन्छ । विभिन्न प्रकारका विचारको आरोह–अवरोह चलिरहन्छ । मन एकछिन शान्त बस्दैन— हो कि होइन ? 

३. कुनै ठूलो काम गर्ने कुरा सोच्नुभएको थियो तर सुरु गर्न सक्नुभएको छैन— हो कि होइन ? 

४. श्रीमान् श्रीमतीबिच ठाकठुक परिरहन्छ । कहिले तपाईंका कारणले, कहिले श्रीमतीका कारणले झगडा सुरु हुन्छ— हो कि होइन ? 

५. जति राम्रो गर्न खोजे पनि जस पाउनुहुन्न । अगाडि प्रशंसा गर्नेहरू पछाडि पर्नासाथ कुरा काट्न थाल्छन्— हो कि होइन ? 

६. पढाइ नराम्रो पनि होइन, राम्रो पनि छैन । शिक्षाको पाटो ठीक–ठीकै मात्र छ । प्रयास गर्दा राम्रो पनि हुन सक्छ— हो कि होइन ?

७. भाउजू भित्र्याएपछि परिवारमा अलिअलि किचलो उत्पन्न हुने देखिन्छ, तर बा–आमा हुञ्जेल ठीकै हुने योग छ— हो कि होइन ? 

८. प्रेममा खटपट देखिन्छ । यसमा तेस्रो पक्षले षड्यन्त्र रचेको छ । त्यो मान्छे तपाईंले चिनेकै मान्छे हो । तपाईंले नचिने पनि प्रेमिकाले पक्कै चिनेको हुनुपर्छ— हो कि होइन ? 

९. सोचेका धेरै कुरा पुग्दैनन् । यही पिरले सताइरहन्छ । कहिलेकाहीं त मरूँ–मरूँजस्तो पनि लाग्छ— हो कि होइन ?

१०. दुईवटा विवाह हुने देखिन्छ । भयो भने सकिइहाल्यो । भएको छैन भने एउटैले ग्रह काटिन्छ— हो कि होइन ?

११. तपाईंका चार जना सन्तान हुनेछन् । एउटा वा दुईवटा खेर जान सक्छ । जति भए पनि बुढ्यौलीमा एक्लै बस्ने योग छ— हो कि होइन ?

१२. छोरो अलि चकचके छ । छोरी मिलनसार छिन् । छोराले भनेको मान्दैन । छोरीले काम सघाउँछिन्— हो कि होइन ?

१३. तपाईंका दुवै सन्तान विदेश जाने योग छ । अहिलेसम्म गैसकेको हुनुपर्छ । नगए पनि ट्राई पक्कै गर्नुभएको छ— हो कि होइन ? 

१४. अरूलाई दिएको पैसा फिर्ता हुन एकदमै गाह्रो हुन्छ । तपाईंबाट लगेको सामान धेरैले फिर्ता गर्दैनन्— हो कि होइन ?

१५. तपाईंलाई विगतले झस्काइरहन्छ । भविष्यले तर्साइरहन्छ । मन वर्तमानमा रमाउन मान्दैन । एकदम चञ्चल हुन्छ— हो कि होइन ?

१६. नेपालमा कुनै न कुनै बेला डरलाग्दो भूकम्प जान सक्छ । भूकम्प नगए पनि वर्षामा बाढी र हिउँदमा खडेरीको योग छ— हो कि होइन ?

१७. देशको ग्रहगोचर हेर्दा केपी ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छ । प्रचण्ड भएनन् भने अर्को कोही न कोही अवश्य बन्नेछ— हो कि होइन ? 

१८. नेपाली कांग्रेसको ग्रहमा अझै चार वर्ष सत्तायोग छैन । त्यसपछि पनि त्यति राम्रो देखिंदैन । यदि राम्रो भयो भने राम्रो गर्न सक्छ— हो कि होइन ? 

१९. फागुनको अन्तिमदेखि चैत्र मसान्तसम्म हावा चल्ने, आगलागी हुने, रूखका पात झर्ने तथा रोगव्याधि बढ्ने योग छ— हो कि होइन ? 

२०. वैशाखदेखि ठूलै आन्दोलन हुने देखिन्छ । ठूलो भएन भने पनि स–सानो आन्दोलन त पक्कै हुन्छ । त्यो पनि भएन भने केही हुँदैन— हो कि होइन ? 

२१. ०७७ सालदेखि ०८० सालभित्रमा राजतन्त्र फर्कने योग छ । फर्किएन भने ०९० सालमा पक्का फर्कन्छ । फर्किएन भने मलाई भन्नु ।

२२. यो वर्ष त्रिभुवन विमानस्थलमा ठूलो हवाईजहाज झर्नेछ । उक्त विमान पेसेन्जर अफलोड गरेर पुन: उड्नेछ अनि दोहा एयरपोर्टमा फेरि झर्नेछ । झरेन भने मलाई देश निकाला गर्दिनु, विदेशबाटै कुरा गरौंला ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik