• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
होली पर्वभन्दा खतरा भोली पर्व
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मनोज गजुरेल

होली पर्वभन्दा खतरा भोली पर्व
चैत्र ६, २०७५

भोली पर्वले गोली र बन्दुकको साम्राज्यलाई कमजोर बनाउनेछ । बम र बारुद बोकेका जहाज उड्न सक्ने छैनन् । मोर्टार र लञ्चर लिएका ट्यांक गुड्न सक्ने छैनन् । न अमेरिका बसेर अफगानिस्तानमा बम हान्न मिल्छ, न त आकाशबाट गोला इराकमा खसाल्न मिल्छ । भोली पर्वपछि धर्तीले बोकिरहेको युद्धको आधा बोझ आफैं कम हुनेछ ।

 

होली पर्वजस्तै भोली पर्वका बारेमा तपाईंलाई थाहा छ ? आउनुहोस्, धर्तीमा आउन लागेको भोली पर्वको बारेमा कुरा गरौं । 

होली पर्व वर्षैपिच्छे आउँछ तर भोली पर्व एकजुगमा एकदिनमात्र आउन सक्छ । यो पर्वमा सुखको रंग दलिन्छ । शान्तिको भांग खाइन्छ । सदाचारको नाचगान हुन्छ । स्थिरताको उत्सव मनाइन्छ । 

भोलि पर्व कसरी आउँछ, त्यो कसैलाई थाहा हुँदैन । यो भूकम्पजस्तै अचानक आउन सक्छ । सुनामीजस्तो थाहै नदिन आउन सक्छ । बिध्वंस, वा प्रलयजस्तो पनि हुनसक्छ । 

भोलि पर्व आउन सक्ने एउटा सम्भावना यस्तो छ : एउटा ग्रहबाट एउटा उल्का पिण्ड पृथ्वीतिर आइरहेको हुन्छ । भाग्यवश त्यो पृथ्वीसम्म आइनपुग्दै, आकाशमै ध्वस्त हुन्छ । 

तर, आकाशमै ध्वस्त हुने क्रममा त्यसले अन्तरिक्षमा ठूलो बिध्वंस मच्चाउँछ जसको कारण पृथ्वीवासीले ठूलो राहत पाउँछन् । हो, राहत पाउँछन् ! त्यो उल्का पिण्डले अन्तरिक्षमा रहेका सबै सेटलाइटहरू ध्वस्त बनाउनेछ ।

आधुनिक समाजको प्रमुख माध्यम सेटलाइट ! यो माध्यमनै सिद्धिएपछि सूचना, सञ्चार, यातायात, बैंकिङ, मनोरञ्जन सबै क्षेत्र ठप्प हुनेछन् । केही समय यसले मानिसमा हाहाकार मच्चिनेछ । विस्तारै यो मच्चाइ आफैं थच्चिनेछ । त्यसपछि प्रविधिप्रेमी भनिएका मानिसहरूमा कस्तो सकारात्मक प्रभाव पर्छ ? आउनोस्, यसको होली विश्लेषण गरौं । पैदल र बलयगाडा युगको सुरुवात हुनेछ । त्यसपछि हवाई दुर्घटनाबाट मान्छे मर्नुपर्ने छैन । पैदल हिँड्न कर तिर्नु पर्दैन । बयलगाडा किन्न कमिसन दिनु पर्दैन चाहिँदैन । भोली पर्वपछि भ्रष्टाचार रोकिनेछ । 

मोबाइलले काम गर्ने छैन । टेलिफोन चल्न छाड्छन् । टेलिफोनमा झुन्डी रहनेहरू आफन्तसँग बोल्न थाल्नेछन् । मोबाइलमा भाँडिएकाहरू परिवारमा जोडिनेछन् । प्रविधिले टुटाएका सम्बन्धहरू बलिया बन्ने छन्, सुमधुर हुनेछन् ।

भोली पर्वले गोली र बन्दुकको साम्राज्यलाई कमजोर बनाउनेछ । बम र बारुद बोकेका जहाज उड्न सक्ने छैनन् । मोर्टार र लञ्चर लिएका ट्यांक गुड्न सक्ने छैनन् । न अमेरिका बसेर अफगानिस्तानमा बम हान्न मिल्छ, न त आकाशबाट गोला इराकमा खसाल्न मिल्छ । भोली पर्वपछि धर्तीले बोकिरहेको युद्धको आधा बोझ आफैं कम हुनेछ ।

सबैभन्दा ठूलो प्रभाव प्रविधि, सूचना र मनोरञ्जनको क्षेत्रमा पर्नेछ । टिभी चल्न छाड्ने छन्, सासु बुहारीको सम्बन्ध सुध्रिनेछ । कार्टुन चलचित्र रोकिनेछन्, केटाकेटीहरूमा पढाइको लहर चल्नेछ । युट्युब बन्द हुनेछ, भाइरल युगको समाप्ति हुनेछ, स्ट्रगल युगको समय फेरि सुरु हुनेछ ।

सामाजिक सञ्जाल स्वाहा हुनेछ, मानवीय सञ्जाल आहा बन्नेछ । सामाजिक सञ्जाल बिनाको जीवन एकछिन उदास लाग्नसक्छ तर, बिस्तारै त्यही जीवन बिन्दास लाग्न थाल्नेछ । 

गालीको वर्षा रोकिनेछ । बदमासीको भेल थामिनेछ । मुख सम्हालिनेछ । मन शान्त बन्नेछ । लाइकको लोभ हट्नेछ । डिस्लाइकको पीडा घट्नेछ । त्यो बेला मानिससँग सबथोक हुनेछ, बस्, फेसबुकमात्र हुने छैन । हाम्लाई बाल !

मोबाइलको काम सकिनेछ । सम्पर्क घट्नेछ । सम्बन्ध बढ्नेछ । ज्ञात रहोस्, मोबाइलले बढाउने भनेको सम्पर्कमात्र हो, सम्बन्ध होइन । जतिसुकै महँगो र बलियो मोबाइल बोक्नुहोस्, त्यसले बढाउने भनेको सम्पर्कमात्र हो । सम्बन्ध बढाउन मोबाइल बलियो होइन, मनोवल राम्रो र बलियो हुनुपर्छ । 

फ्यास्स हुनेछ, एकछिन् ? च्वास्स हुनेछ । मानिस डिप्रेसनमा जानसक्छ, सन्तुलन गुमाउन सक्छ । स्वमृत्युवरण गर्न खोज्नेछ तर, विस्तारै सबै ठीक हुनेछ । फेसबुक बिनापनि चलेको थियो, चलिरहेछ र चल्नेछ । 

के हामी चाहन्छौं यस्तो भोली पर्व ? चाहन्छौं भने स्वागत गर्न तयार होऔं । चाहँदैनौं भने सूचना, प्रविधि र सञ्जालको सम्यक प्रयोग गरौं । फागु पूर्णिमाको शुभकामना । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik