• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
अभिनेत्रीहरूको तीज
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सुव्रत आचार्य

अभिनेत्रीहरूको तीज
भाद्र ७, २०७४

छक्कापन्जापछि सबैको प्रिय भएकी अभिनेत्री वर्षा राउतलाई तीज धेरै नै मन पर्ने पर्व हो । वर्षा तीजमा दिनभर पानी नपिई व्रत बस्छिन् । चार वर्ष मात्र भयो, वर्षाले तीजको व्रत लिन थालेको । वर्षा भन्छिन्– ‘हरेक व्रतको आ–आफ्नै गरिमा तथा नियम हुन्छन् । तीजको नियम भनेको निराहार र पानी पनि नपिई बस्नु हो । खाना खाएर बस्ने हो भने तीजको व्रतको गरिमा रहँदैन । स्वास्थ्य वा अन्य कारणले व्रतको पूरै नियम पालना गर्न सकिँदैन भने व्रत बस्नैपर्छ भन्ने छैन । फलफूल र सादा खाना खाएर व्रत बस्नेहरू पनि हुन्छन् । मचाहिँ बरु व्रत बस्दिनँ, बसेपछि पूरै निराहार बस्छु ।’ वर्षा व्रतका लागि राम्रै्र सपिङ पनि गर्छिन् । तीजका कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेकी वर्षा यसै साता नेपाल फर्किएकी हुन् । हजुरआमाको निधनका कारण यो वर्ष तीज मनाउन नपाउने वर्षाको पहिलेका तीज आमा र आफन्तहरूसँग दिनभर नाचेर बित्थ्यो । 

अर्की वर्षा अर्थात् वर्षा शिवाकोटीलाई पनि तीज निकै मन पर्ने चाड हो । शिवाकोटीलाई सोह्रश्रृंगार निकै मन पर्छ । रातो सारी र ब्लाउज लगाएर, केशमा रातो धागो बाट्ने अनि गहनाहरू लगाएर, श्रृंगार गरेपछि आमा, दिदीबहिनी तथा आफन्तहरूसँग नाच्न उनलाई पनि रमाइलो लाग्छ । वर्षा भन्छिन्— ‘म कडा व्रत बस्न सक्दिनँ । मेरो ब्लड प्रेसर निकै लो छ । नखाई बस्दा रिँगटा लाग्छ । त्यसैले चोखो खाएर व्रत बस्छु ।’ वर्षालाई बिहानै मन्दिर गएर पूजाअर्चना सकिएपछि आमा तथा आफन्तहरूसँग बसेर गफ गर्न र नाच्न रमाइलो लाग्छ । तीजको व्रतमा खानु हुँदैन, तर आफ्नो प्रेसर लो भएकाले उनी नखाई बस्न सक्दिनन् । भोक लाग्दा खुसुक्क भान्छामा गएर फलफूल तथा मिठाई खाने उनले बताइन् । तीजका लागि खासै सपिङ नगरेकी वर्षाले यस पटकको तीजका लागि केही कुर्ता र सारी खरिद गरेको बताइन् । वर्षा भन्छिन्– ‘दर र तीजका कार्यक्रमहरूबाट निम्तो आइरहन्छ । त्यसमा सहभागी हुन पनि नयाँ पहिरन खरिद गर्नैपर्छ ।’ 

अभिनेत्री अनु शाहलाई पनि तीजको व्रत बस्न निकै रमाइलो लाग्छ । हरेक वर्ष तीजको दिन उनी कुनै कार्यक्रम वा छायांकनमा सहभागी हुन्नन् । अनु भन्छिन्– ‘रातो कुर्ता लगाएर मम्मीहरूसँग नाच्दा निकै मज्जा लाग्छ ।’ तीजको दिन परिवारका महिला सदस्यहरूसँग रमाइलोसंग दिन बिताउन पाउँदा मन खुसी हुने अनुको अनुभव छ । अनु पनि भोकै बस्न सक्दिनन् । ‘नेपालीहरूको राष्ट्रिय रोग ग्याँस्ट्रिकको समस्या मलाई पनि छ ।’ ग्यास्ट्रिकका कारण धेरै बेर भोको बस्न नमिल्ने भएकाले तीजको व्रतमा अनु हल्का र शाकाहारी खाना खाने बताउँछिन् । ‘बिहान पूजाआजा सकिएपछि मात्र खाना खान्छु । दिउँसो फलाहार गर्ने र दूध पिउने गरेकी छु ।’ शाह भन्छिन् । उनका अनुसार भोजन नखाई भजन त गाउन सकिँदैन, व्रतमा त नाच्नुपर्छ । त्यसका लागि तागत चाहिन्छ । त्यसैले उनी पानी र खाना अरू बेलामा भन्दा कम खाएर भए पनि व्रत बस्छिन् ।

सपिङका बारेमा अनु शाह भन्छिन्– ‘हामी महिलाहरू यसै पनि सपिङ भनेपछि हुरुक्कै हुन्छौं । मलाई पनि सपिङ निकै रमाइलो लाग्छ । अरू खासै सपिङ नभए पनि आफूलाई सुहाउने नयाँ डिजाइनका पहिरन किन्छु । गहनाको सोख भए पनि महँगा गहना लगाउन मन लाग्दैन । धेरै गहना लगाउँदा गहना नै गहनाले आफुलाई थिचे जस्तो अनुभव हुन्छ । गहना गह्रुंगो हुँदा छमछमी नाच्न गाह्रो हुन्छ । चलचित्रकी नायिकाले राम्रो नाच्छिन् भनेर आफन्तहरूले पनि धेरै नचाउँछन् र मलाई पनि नाच्न मन लाग्छ ।’ 

अभिनेत्री तथा कोरियोग्राफर पवित्रा आचार्यको तीज अलिक फरक खालको हुने गरेको छ । आचार्यले भनिन्– ‘सानैदेखि नाच्न मन पराउने भएकीले चितवनमा आमाहरूले तीज मनाउँदा म पनि रातो पहिरन लगाएर नाच्थें । त्यही बेलादेखि ममा तीज मनाउने रहर बढेको हो ।’ पवित्रा निर्देशक बसन्त निरौलासँग विवाह गरेपछि धेरैजसो काठमाडौंमै बस्छिन्, तर तीज मनाउन उनी हरेक वर्ष चितवन पुग्छिन् । ‘मैले अहिलेसम्म काठमाडौंमा तीज मनाएकी छैन ।’ भन्ने पवित्रा पनि भोकै व्रत बस्न सक्दिनन् । तीजभन्दा तीन–चार दिनअघि नै चितवनस्थित माइतीघर पुग्ने पवित्रालाई तीजको अघिल्लो रात आमाले बनाएको दर खान निकै मज्जा लाग्छ । तीजअघिको सपिङका बारेमा उनी भन्छिन्– ‘मलाई गहनामा खासै रुचि छैन । जे छ त्यही लगाउँछु । एक–दुईवटा रातो सारी र कुर्ता किनिन्छ, बस त्यति हो ।’

पवित्रा तीजको दिन बिहानै नुवाइधुवाइ तयार भएर घरको आँगनमा रहेको शिव मन्दिरमा पुजा गर्छिन् । झन्डै एक घण्टाको पुजापछि उनी बिहानको चिया र हल्का फलाहार गर्छिन् । ‘मलाई ग्याँस्ट्रिकको समस्या छ । चिकित्सकहरू पनि भन्छन्, खाली पेट र पानी नखाई व्रत बस्नु स्वास्थ्यका दृष्टिले राम्रो हुँदैन । दिनमा तीनदेखि पाँच लिटर पानी त पिउनै पर्छ । मैले आफ्नो स्वास्थ्यको ख्याल आफंैले राख्नुपर्छ । त्यसैले म भोकै व्रत बस्दिनँ ।’ 

जो व्रत बस्दैनन्

के म तिम्रो होइन र तथा चपली हाइट टुबाट चर्चामा आएकी अभिनेत्री मरिष्का पोखरेल तीजको व्रत बस्दिनन् । पोखरेल भन्छिन्– तीजको व्रत बस्दा पानी पनि पिउन पाइँदैन । मलाई लो ब्लड प्रेसरको समस्या छ । म केही नखाई–नपिई व्रत बस्न सक्दिनँ । खासमा म कहिल्यै कुनै पनि व्रत बस्दिनँ ।’

अहिलेकी सर्वाधिक व्यस्त एवं चर्चित अभिनेत्री प्रियंका कार्कीले आफू बुझ्ने भएपछि कुनै व्रत बसेको सम्झना नरहेको बताइन् । ‘सानोमा बसे क्यार जुन मलाई सम्झना छैन,’ प्रियंकाले बताइन् । तीजमा रातो पहिरन लगाएर नाचेको हेर्न रमाइलो लागे पनि तीजको व्रत बस्न भने मन नलागेको उनले बताइन् । प्रियंकाले भनिन्– ‘व्रत बस्ने महिलाहरूको आफ्नै तर्क होलान् । म उहाँहरूको श्रद्धाको सम्मान गर्छु, तर म व्रत बस्ने कुरामा विश्वास गर्दिनँ । तीजलगायतका व्रा महिलाले मात्र बस्नुपर्छ भन्ने छैन नि । महिलाले मात्र सम्बन्ध धान्ने होइन । सम्बन्ध भनेको सन्तुलित हुनुपर्छ ।’ प्रियंका आफूमा विकनेसको समस्या भएकाले पनि व्रत बस्न नसक्ने तर्क गर्छिन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik