• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
दुई मुस्कानलाई प्रतिभा नक्षत्र २०१९ को उपाधि
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कुशल श्रेष्ठ

दुई मुस्कानलाई प्रतिभा नक्षत्र २०१९ को उपाधि
श्रावण २६, २०७६

नेपालको झल्को दिने गरी बेलायतको चाल्र्टन मेरिडियन स्पोर्ट्स क्लबमा आयोजित प्रतिभा नक्षत्र २०१९ को उपाधि दुई मुस्कानले जितेका छन् । 

साना–साना बालबालिकाले विभिन्न नेपाली पहिरनमा तोते अङ्ग्रेजी लवजमा नेपालीमा आफ्नो परिचय दिंदै बुद्ध नेपालमा जन्मिएका हुन्, विश्वको उच्च शिखर सगरमाथा नेपालमा पर्छ भनिरहँदा कार्यक्रममा उपस्थित धेरैको आँखा रसाएका थिए । 

बेलायती नेपाली समुदायमा वर्षेनी कयौं कार्यक्रम आयोजना गरिँदै आएपनि प्रतिभा नक्षत्रले मात्र बेलायतमा हुर्किरहेका बालबालिकालाई समेट्दै नेपालको जात, धर्म, कला संस्कृति सहित सिङगो देशको प्रतिनिधित्व गर्ने गरेको छ । राजेन्द्र खसको परिकल्पना र कलाकार मनिष श्रेष्ठको संयोजनमा  प्रतिभा नक्षत्र सन् २०१७ मा बेलायतमा स्थापना गरिएको थियो ।  

संस्थाकी अध्यक्ष सिमी पुनको सभापतित्वमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, विरिष्ठ गायक द्वय दीप श्रेष्ठ र योगेश्वर अमात्य, ग्रीनवीच बरोका लेबर पार्टी सांसद म्याथ्यु पेनिकुक, ग्रीनवीच काउन्सिलका डेप्युटी लिडर डेभिड गार्डनर लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

विगतका वर्षमा हलभित्र आयोजना गरिंदै आएको प्रतिभा नक्षत्र यस पटक खुल्ला मैदानमा मुख्य दुई अवधारणामा विभाजित थिए । पहिलो, खुल्ला मैदानमा भएका विभिन्न व्यापारिक, सुचना, स्वास्थ्य, नेपाली खानाहरु, नेपाली साहित्यिक घर, प्रतिभा नक्षत्र घरका प्रदर्शनीहरु थिए, जसले स्थानीय समुदाय एकता र आफ्ना मौलिकताहरु विभिन्न समुदायमा आदान प्रदान गराउने काम गरेका थिए । 

दोस्रो स्टेजमा विभिन्न कला क्षेत्रमा प्रतिस्पर्धा गर्न बाल र युवा गरी २१ जना प्रतिस्पर्धीहरुले भाग लिएका थिए । बालबालिका तथा युवा युवतीहरुको प्रतिभा प्रदर्शनले उपस्थित सबैमा रोचकता छाएको देखिन्थ्यो । यस प्रतियोगितामा बाल विधातर्फबाट पहिलो, दोस्रो र तेस्रो क्रमशः मुस्कान श्रेष्ठ, नित्याश्री खरेल र माया इबिरे वारिका भई नगद पुरस्कार क्रमशः ३ सय, २ सय र १ सय पाउण्ड सहित गिफ्ट ह्याम्पर प्राप्त गरे । बाल विधामै बेष्ट पर्फर्मेन्समा आर्या अधिकारी र बेष्ट नृत्यमा निश्चलता राईले त्रमशः ५० पाउण्ड सहित प्रमाण पत्र प्राप्त गरेका थिए । 

युवा विधातर्फ पहिलो, दोस्रो र तस्रो त्रमशः मुस्कान घिमिरे, निश्चल गुरुङ र रुपा चाम्लिङ राई भई त्रमशः ५ सय, ३ सय र २ सय पाउण्ड नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

बालबालिका, युवाहरुको प्रतिभालाई प्रोत्साहन गर्न कम उमेरमा पुस्तक लेख्ने बाल प्रतिभा निशान्त कार्कीलाई सम्मान पत्र र युवातर्फ बेष्ट नृत्यमा एरोन गुरुङले ५० पाउण्ड नगद सहित प्रमाण पत्र प्राप्त गरे । 

निर्णायक मण्डलको भूमिकामा प्रख्यात वरिष्ठ गायिका मिरा राणा, गायिका शर्मिला बर्देवा, संचारकर्मी श्रद्धा अर्याल साथै नृत्य निर्देशक शान्तकुमार थापा मगरहरुले निभाउनु भएको थियो ।

विजया दाहाल भण्डारीको संयोजन रहेको प्रतिभा नक्षत्र २०१९ रहेको कार्यक्रम बेलायती नेपाली समुदायमा फरक पहिचान सहित स्थापित भएको कारण यस वर्ष बिग लोट्रीले प्रदान गर्ने कम्युनिटी फन्डबाट केही रकम प्राप्त गरेको थियो । बिग लोट्रीले स्थानीय स्तरमा कुनै पनि संस्थाले गर्दै आएको कार्य हेरेर कम्युिनटी फन्ड प्रदान गर्ने गर्छ ।

 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik