• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
हँसाउने अर्को माध्यम प्य्रांक भिडियो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

 प्रकाश रानाभाट

हँसाउने अर्को माध्यम प्य्रांक भिडियो
भाद्र १, २०७६

हाँस्ने र हँसाउने मानिसका विभिन्न तरिका हुन्छन् अनि विभिन्न माध्यम पनि । चुट्किला, हास्य टेलिचित्र, प्रहसनजस्ता माध्यम पुराना भैरहेका बेला अहिलेको युवापुस्तामाझ स्ट्यान्ड–अप कमेडी र प्य्रांक लोकप्रिय माध्यम बनेका छन् । प्य्रांक अर्थात ठट्यौली, जसको उद्देश्य हुन्छ— मानिसहरूलाई चलाखीपूर्वक मुर्ख बनाउनु र दर्शकलाई मनोरञ्जन प्रदान गर्नु । संवेदनशील विषयवस्तुमा विभिन्न तरिकाले प्य्रांक गरेर मानिसलाई केही समयसम्म कन्फ्युजनमा राख्नु र आश्चर्यमा पार्नु प्य्रांकस्टरहरूको विशेषता नै मानिन्छ । क्षणिक रमाइलो र हाँसोका लागि पश्चिमा मुलुकबाट सुरु भएको प्य्रांकलाई पछ्याउनेहरू नेपालमा पनि थुप्रै छन्, जसले विशेष गरी युट्युबको माध्यमबाट मनोरञ्जन प्रदान गर्ने गरेका छन् । युट्युबमा राम्रा र चर्चित प्य्रांक गर्न सफल केही प्य्रांकस्टरको खोजिनीति गर्दै साप्ताहिक संवाददाता प्रकाश रानाभाट :

नेपालमा सुरुवात

सम्भवतः नेपालका पहिलो प्य्रांकस्टर आकाश सेढाई हुन् । उनले १९ वर्षको उमेरमा सन् २०१३ देखि विदेशी प्य्रांकहरूबाट प्रभावित भएर नेपालमा प्य्रांक भिडियो बनाउन थालेका थिए । आशिषले प्य्रांक गर्दा अहिलेसम्म १२ पटक कुटाइ खाएका छन् । आशिषको बम काण्ड र बन्चरो काण्ड युट्युबमा बढी रुचाइएको प्य्रांक हो ।

नीरज श्रेष्ठ

नेपालमा सबैभन्दा बढी रुचाइएको र धेरैले हेर्ने युट्युब च्यानल हो— नेपाली प्य्रांक मिनिस्टरको च्यानल । नीरज श्रेष्ठले दुई वर्षअघि मात्र खोलेको यो च्यानल छोटो समयमै चर्चा कमाउन सफल भयो । यो च्यानललाई ४ लाख १९ हजारभन्दा बढीले सब्सक्राइभ गरेका छन् । वास्तविक कुराको प्रतिक्रिया एक्सन, कट नगरी जस्ताको तस्तै दर्शकमाझ प्रस्तुत गर्न प्य्रांक भिडियो बनाउने नीरजका अनुसार प्य्रांककै कारण आफूलाई धेरै जनाले चिने पनि नेपालमा प्य्रांक भिडियो बनाउन निकै गार्‍हो छ । प्य्रांकबाट आफ्नो सामान्य जीवन चलेको र बेलाबेला गाली र धम्कीसमेत आउने नीरज बताउँछन् । पहिले–पहिले मानिसलाई प्य्रांकका बारेमा बुझाउनै कठिन थियो भने कतिपयले प्य्रांकको नाम बाटोमा हिँड्ने मानिसलाई अनावश्यक तनाव दिने तथा दिक्दार बनाउने गरेको नीरज बताउँछन् । राम्रो प्य्रांक गर्न नयाँ पुस्ताका भाइबहिनीहरूले अझै धेरै सिकेर सभ्य तरिकाले प्य्रांक गर्नुपर्ने उनको सुझाव छ । नीरज भन्छन्— केहीलाई फिल्टर गरेर अघि बढ्नुपर्छ, होइन भने नेपालमा प्य्रांकको भविष्य छैन ।

नीरज समसामायिक विषय तथा देशमा भएका विभिन्न घटनाका बारेमा प्य्रांक भिडियो तयार पार्छन् । कुकुरको सेकुवा, डट्टी माइन्ड टेस्ट, घोस्टजस्ता प्य्रांक भिडियो उनको च्यानलका हिट प्य्रांक हुन् । 

आकाश सेढाईं 

नेपाली प्य्रांकस्टरका सञ्चालक आकाश सेढाईं सम्भवतः नेपालका पहिलो प्य्रांकस्टर हुन् । सन् २०१३ देखि युट्युबमा प्य्रांक भिडियो अपलोड गर्दै आएका सेढार्इंबाट प्रेरित भएर अरू धेरैले प्य्रांक भिडियो बनाउँदै आएका छन् । नेपाली प्य्रांकस्टर नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका सेढाईंको च्यानललाई ३ लाख ६९ हजारभन्दा बढीले सब्सक्राइभ गरेका छन् । धेरै जनाले रहरले र तयारी बिना नै प्य्रांक गर्ने थालेपछि अहिले प्य्रांकमा विकृति मौलाएको सेढाईंको ठम्याइ छ । 

एलिश राई

एलिशको युट्युब च्यानल पनि युवापुस्तामाझ रुचाइएको प्य्रांक च्यानल हो । एलिश समाजमा घट्ने घटना तथा रुढिवाद तथा अन्धविश्वासमाथि प्रहार गर्ने किसिमका प्य्रांक भिडियो निर्माण गर्छन् । उनी यथार्थ र वास्तविकताको नजिक रहेर प्य्रांक भिडियो बनाउन माहिर छन् । डेढ वर्षअघि मात्र खोलिएको उनको च्यानललाई २ लाख ५० हजार जनाले सस्क्राइभ गरेका छन् भने उनका भिडियो १ करोड ८७ लाख ५४ हजार पटक हेरिएको छ । एलिशले बनाएको साउनको मेहेन्दी, आयो दुधे मकै, झाँक्री महाराज तथा बारबर आदि प्य्रांक भिडियो बढी रुचाइएको छ । 

पासाङ लामा

युट्युबमा छोटो समयमै धेरैले रुचाएको च्यानल हो— नेप्लिज ड्रिमर । पासाङ लामाले चलाएको यो च्यानललाई ५८ हजारले सस्क्राइभ गरेका छन् । सुरुमा आफ्नो ब्लगको भिडियो अपलोड गर्न मात्र च्यानल खोले पनि पछि दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न प्य्रांक भिडियो निर्माण गर्न थालेको पासाङ बताउँछन् । स्नातकोत्तर तहसम्म अध्ययन गरेका पासाङ हास्य क्षेत्रमा नयाँ आयाम थप्न प्य्रांकसँगै स्ट्यान्ड–अप कमेडी लगायतका अन्य विभिन्न कार्यक्रम ल्याउने योजनामा छन् । प्य्रांकको माध्यमबाट हास्य क्षेत्रमा केही रोचकता आए पनि केहीले नबुझेर र नजानीकनै प्य्रांक भिडियो बनाएकाले अन्य क्षेत्रमा जस्तै प्य्रांकमा पनि विकृति मौलाएकोमा भने लामा चिन्ता व्यक्त गर्छन् । 

आशिष प्रसाईं 

प्य्रांकस्टर रिभाइभल युट्युब च्यानलको सञ्चालक हुन्— आशिष प्रसाईं । चार वर्षअघि खोलिएको यो च्यानलको सस्क्राइभ २ लाख २७ हजार छ । इन्जोय एभ्री मोमेन्ट भन्ने नारासहित सुरु गरिएको यो च्यानलको उद्देश्य सामाजिक विषयवस्तुमा प्य्रांक गरेर दर्शक हँसाउनु भएको आशिष बताउँछन् । प्य्रांक भिडियो मात्र बनाउँदा समाजमा नराम्रो सन्देश गएकाले उनले अहिले सामाजिक चेतनामूलक भिडियोहरू पनि तयार पार्न थालेका छन् । प्य्रांक भिडियो बनाउन सजिलो नहुने र धम्कीहरू आए पनि आफूले त्यसलाई सामान्य रूपमा लिएको आशिष बताउँछन् । आशिषका टिकटक, धरहरा मःम, पप्पी आदि हिट प्य्रांक भिडियो हुन् ।

टप ५ प्य्रांक च्यानल

१. प्य्रांक भर्सेस प्य्रांक

२. यान क्यू टिभी

३. जस्ट फर लाफ गेग्स

४. म्यागिक अफ रहत

५. इम्प्रोभ एभ्री होयर

प्य्रांकसम्बन्धी विश्वव्यापी तथ्यांक

     पोल्यान्ड, स्कटल्यान्डजस्ता मुलुकमा मनाइने अप्रिल फूल मुर्ख दिवसका रूपमा मनाउने प्रचलन छ । 

     स्पेनिस भाषा बोल्ने देशहरूमा डिसेम्बर २८ मा प्य्रांक गरेर रमाइलो गर्ने चलन छ । 

    डेनमार्कमा मे १ का दिन मज कट नामक पर्व मनाइन्छ ।

यो पर्वलाई पनि मुर्ख बनाउने दिनका रूपमा लिइन्छ ।

    स्वीडेनमा मे १ लाई जोकिङ डेका रूपमा मनाइन्छ । 

    भारतमा होली पर्वमा, स्पेन र ल्याटिन अमेरिकामा डिसेम्बर २८ मा सोझा मानिससँग प्य्रांक गर्ने चलन छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik