• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
खेलाडीहरूको खानपिन 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

 प्रकाश रानाभाट

खेलाडीहरूको खानपिन 
आश्विन १८, २०७६

खेलाडीहरूको खानपान सामान्य मानिसको तुलनामा केही फरक हुन्छ । अन्य मानिसको तुलनामा अतिरिक्त शक्ति चाहिने हुनाले खेलाडीहरू त्यहीअनुसार खानपानको तालिका बनाउँछन् । प्रशिक्षण तथा खेलको समयमा खेलाडीहरू आÏनो भोजनमा तुलनात्मक रूपमा बढी ध्यान दिन्छन् । फुर्सदमा नेपाली खेलाडीहरू विभिन्न माध्यमबाट मनोरञ्जन लिइरहेका हुन्छन् । खेल र प्रशिक्षणमा हुँदा पौष्टिक आहार एवं भिटामिनमा मात्र केन्द्रित हुने खेलाडीहरू फुर्सदमा भने आÏनो रुचिअनुकूलको परिकारका लागि विभिन्न रेस्टुराँ पुग्छन् । 

नेपाली फुटबलका पूर्व कप्तान तथा राष्ट्रिय टिमका प्रशिक्षक राजुकाजी शाक्यलाई नेवारी परिकार निकै मन पर्छ । अन्य परिकारको तुलनामा उनी नेवारी परिकार नै बढी खान्छन् । बाहिरको भन्दा घरमै तयार गरिने खानेकुरा रुचाउने शाक्य भन्छन्– ‘बाहिरको खानेकुरा सन्तुलित नहुने हुँदा मलाई घरकै खाना ठीक लाग्छ ।’ 

क्रिकेटर शक्ति गौचन पनि सामान्य खानामै रुचि राख्छन् । उनी दाल, भात, तरकारी नै खान रुचाउँछन् । गौचनलाई भिन्डी (रामतोरिया) को तरकारी विशेष मन पर्छ । उता युवा क्रिकेटर वसन्त रेग्मी पनि नेपाली खाना दाल, भात, तरकारी नै बढी रुचाउँछन् । खानामा आलु–भुजिया उनलाई विशेष मन पर्छ । वसन्त भन्छन्– ‘मांसाहारी परिकारमा मलाई खसीको लेदो मासु विशेष मन पर्छ, सातामा दुई पटकसम्म खसीको मासु खाएकै हुन्छु ।’

राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री खानपिनकी पारखी हुन् । थकाली खाना उनको सबैभन्दा प्रिय खाना हो । सातामा चारदेखि पाँच पटकसम्म थकाली खाना खाने रुबिना बताउँछिन् । क्रिकेटर शरद भेषवाकर पनि साधारण दाल, भात, तरकारी नै रुचाउँछन्, तर त्यस्तो खानामा उनलाई अचार अनिवार्य चाहिन्छ । शरद भन्छन्– ‘म अन्य खानेकुरा पनि खाइरहेको हुन्छु तर नेपाली खाना नै सबैभन्दा मन पर्छ ।’

राजुकाजी म:म भनेपछि हुरुक्कै हुन्छन् । सानैदखि म:मका पारखी शाक्य भन्छन्– ‘बफ म:म मेरो पहिलो रोजाइ हो । सातामा तीनदेखि चार पटकसम्म म खाजाका रूपमा म:म नै खान्छु । 

शक्ति पनि म:मकै पारखी हुन् । उनी खाजाका रूपमा धेरैजसो अवसरमा म:म नै खान्छन् । ‘घरमा श्रीमतीले बनाएको म:म मलाई असाध्यै मन पर्छ ।’ म:मबाहेक उनी डोसा तथा विभिन्न प्रकारका मिठाई पनि उत्तिकै रुचाउँछन् । कुखुराको मासु बढी मन पराउने रुबिना ड्रम स्टिक भनेपछि भुतुक्कै हुन्छिन् । फुर्सद हुँदा दिनमा कम्तीमा एक पटक कुखुराको मासु खाने रुबिना प्रशिक्षणका क्रममा भने शाकाहारी हुन्छिन् । 

उता वसन्त खसीको मासुका पारखी हुन् । खसीको मासुमा पनि वसन्तलाई सुकुटी र कलेजो फ्राई विशेष मन पर्छ । उनी हरेक साताजसो यस्ता परिकार खाइरहेका हुन्छन् । शरदलाई जुस नै बढी मन पर्छ । जुसमा पनि उनी नरिवल–पानी तथा तर्बुजाको जुस विशेष रुचाउँछन् । मिल्क सेक पनि उनलाई मन पर्ने पेय हो ।

बाहिरका खानेकुरा आÏनो शरीरका लागि सन्तुलित नहुने र त्यति मन नपर्ने भएका कारण रेस्टुराँ जाने बानी नरहेको राजुकाजी बताउँछन् । जानैपरे कुनै इभेन्टको अवसर पारेर वर्षको एक–दुई पटक रेस्टुराँ जाने शाक्य भन्छन्– मलाई मन पर्ने रेस्टुराँ यही नै हो भन्ने छैन । 

रुबिना खेल तथा प्रशिक्षणबाट फुर्सद पाएका बेला आÏनो घर झापाको दार्जीलिङ होटल तथा खेलका लागि काठमाडांै आएका बेला सुन्धारास्थित रोयल थकाली पुग्छिन् । झापाको रोयल निर्वाण तथा धारी रेस्टुराँ पनि उनी पुगिरहने रेस्टुराँ हुन् ।

शक्ति फुसर्दका बेला भैरहवाको पत्थरडाँडास्थित मिड प्वाइन्ट रेस्टुराँ तथा कस्तुरी मिष्ठान्न भण्डार पुग्छन् । शक्ति भन्छन्– ‘मांसाहारी परिकार खानुपरे मिड प्वाइन्ट जान्छु । त्यहाँका सेफहरूले मेरो स्वास्थ्यलाई ध्यानमा राखेर मलाई मन पर्ने परिकार तयार गरिदिन्छन् । कस्तूरीमा चाहिँ म शाकाहारी खानेकुरा विशेष गरी डोसा तथा मिठाई खान जान्छु । 

भैरहवास्थित क्लासिक जिरो प्वाइन्ट टु वसन्त समय–समयमा गैरहने रेस्टुराँ हो । त्यहाँ उनी परिवार तथा साथीभाइका साथ पुग्छन् । जुस बढी मन पराउने शरद साथीभाइ तथा परिवारसँग काठमाडांैको आँगन तथा गुलाब रेस्टुराँ पुग्छन् । आफूलाई मनपर्ने परिकारहरू पाइनुका साथै राम्रँे वातावरण भएका कारण समय निकालेर ती रेस्टुराँ पुग्ने शरद बताउँछन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik