• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
‘क्यान्सरलाई हराएँ, बैंक पछ्याएँ’
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

प्रकृति दाहाल

‘क्यान्सरलाई हराएँ, बैंक पछ्याएँ’
मंसिर १६, २०७६

 

 त्यो समयमा न उनी खान सक्थिन्, न उठेर हिँड्न नै । उनी भन्छिन्, ‘मैले त्यो बेला धेरै दु:खदायी जीवन बिताएँ, झन् अस्पतालको बसाइ कहालीलाग्दो नै थियो ।’

क्यान्सर लागेपछि सबैलाई लाग्ने गर्छ— अब जीवन सकियो । तर, आत्मविश्वासका साथ अघि बढ्न सके क्यान्सरलाई जित्न पनि सकिन्छ ।’ यो भनाइ हो— क्यान्सरपीडित चर्चित अभिनेत्री मनीषा कोइरालाको । मनीषा क्यान्सरलाई जितेर पछिल्लो समय समाजसेवामा लागेकी छन् ।

उनी मात्र होइन, क्यान्सरलाई जितेर समाजमा राम्रो काम गरिरहेका उदारहणहरू एकपछि अर्को थपिँदै गएका छन् । यसको राम्रो एक उदाहरण हुन्— बैंकर्स बसुधा नेपाल पोखरेल । उनी हाल एनसीसी बैंकमा असिस्टेन्ट म्यानेजरका रूपमा कार्यरत छन् । रौतहटको गौरमा जन्मेकी नेपालले बैंकमा काम गर्ने रहरका कारण विद्यालयस्तरदेखि नै एकाउन्ट पढिन् । विश्वविद्यालयमा पनि कमर्स पढिन् ।

स्नातक लेभलको अध्ययन सकेर बैंकमा जागिर खाने रहर बोकेकी उनी त्यति नै बेला वैवाहिक सम्बन्धमा जोडिन पुगिन् । विवाह भएपछि घरबारको अल्झनले अध्ययन र काममा बाधा पुगेको उनी बताउँछिन् । अझ बच्चा भएपछि कामको त कुरै भएन, तर पनि केही गर्न खोज्नेका लागि उपाय अनेक हुँदो रहेछ । समयको उचित सदुपयोगका लागि परोपकारी संस्था रेयुकाई नेपालमा स्वयम्सेवकका रूपमा काम गरिन् । त्यहीँबाट उद्घोषणलगायतको तालिम लिइन् ।

बच्चा ठूलो हुँदै गएपछि उनलाई काम गर्न सहज वातावरण बन्न थाल्यो । सानै उमेरदेखि बैंकमा काम गर्ने रहर फेरि ब्युँतियो । श्रीमान् पनि द वल्र्ड बैंकमा भएकाले उनलाई बैंकमा जोडिन र काम गर्न पनि सजिलो भयो । उनको बैंकिङ करिअर भने सन् २००३ मा श्रीलंका मर्चेन्ट बैंकमा असिस्टेन्ट पदबाट सुरु भएको हो । केही समय काम गरेर उनी श्रीमान्सँग अमेरिका गइन्, जहाँ पुगे पनि बैंकमा जागिर गर्ने रहरले भने उनलाई छोडेन । काम खोज्दै जाँदा उनले बैंक अफ अमेरिकामा काम पाइन् । त्यहाँ बैंकको काममा मेसिनको प्रयोग गर्न सिकिन् । कामलाई पूजा गर्ने प्रवृत्ति र ग्राहक भगवान् हुन् भन्ने पाठ अमेरिकामै सिक्ने मौका पाइन् । उनले सन् २००४ देखि २००६ सम्म अमेरिकी बैंकमै काम गरिन् ।

उनले अमेरिकी बैंकमा जागिर त पाइन्, तर बैंकमा कार्यरत श्रीमान्को अमेरिकाबाट नेपालमा सरुवा भएसँगै उनी सन् २००६ मा नेपाल फर्किइन् । नेपाल फर्किएपछि पनि वित्तीय क्षेत्रमा काम गर्ने रहर झन् बढ्यो । उनले लगत्तै पिपुल्स इन्भेस्टमेन्ट कम्पनीमा काम गरिन् । बसुदा एकपछि अर्को वित्तीय क्षेत्रमा फड्को मार्दै गइन् । इन्भेस्टमेन्ट कम्पनीपछि उनी कमर्सियल ट्रस्ट बैंकमा गइन् । ट्रस्ट बैंक ग्लोबल आईएमईमा मर्ज भयो । बसुदाले त्यही काममा निरन्तरता दिइरहिन् ।

क्यान्सर यात्रा

वित्तीय क्षेत्रमा हाँसीखुसी जीवन बिताइरहेकी बसुधालाई सन् २०१५ मा ठूलो बज्रपात आइलाग्यो । बिरामी भएजस्तो महसुस गरेर अस्पताल पुग्दा उनलाई चिकित्सकले ब्रेस्ट क्यान्सर भएको बताए । क्यान्सर रोगबाट कसरी सम्हालिनु ? उनले केही सोच्नै सकिनन् । उनी उपचारका लागि श्रीमान्सँग दिल्ली पुगिन् । एक वर्ष उनी पूरै उपचारमा रहिन् । अहिले क्यान्सरको पीडा भने उनी बताउन सक्दिनन् । त्यो समयमा न उनी खान सक्थिन्, न उठेर हिँड्न नै ।

उनी भन्छिन्, ‘मैले त्यो बेला धेरै दु:खदायी जीवन बिताएँ, झन् अस्पतालको बसाइ कहालीलाग्दो नै थियो ।’ उपचार खर्च त कति–कति ! उनलाई लाग्यो, कस्तो महँगो जिन्दगी पाएछु, तर पनि उनले हरेस भने खाइनन् । निरन्तर अगाडि बढ्ने साहस बटुलिरहिन् । परिवारको माया र साथले भने उनमा साहस बढ्दै गयो । उनलाई आफूमा आत्मविश्वास बढ्यो ।

वर्ष दिनको उपचारपछि काममा फर्किइन् । उनी विगत सुनाउँदै भन्छिन्, ‘क्यान्सर पहिलो चरणमै भएकाले पनि म बाँच्न सफल भएँ ।’ जिन्दगीमा केही गर्नुपर्छ भन्ने अठोटका साथ उनी वित्तीय क्षेत्रमा सक्रिय छन् । क्यान्सर जितेर बैंकिङमा रमाइरहेकी उनी भन्छिन्, ‘क्यान्सरलाई हराएँ, बैंकलाई पछ्याइरहेँ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik