• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
कोभिड–१९ संक्रमित हाइप्रोफाइल: छोडेन प्रधानमन्त्रीदेखि राजकुमारसम्मलाई
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एजेन्सीको सहयोगमा

कोभिड–१९ संक्रमित हाइप्रोफाइल: छोडेन प्रधानमन्त्रीदेखि राजकुमारसम्मलाई
चैत्र १९, २०७६

गत हप्ता बेलायती राजकुमार चाल्र्सलाई कोराना भाइरस संक्रमण भएको पुष्टि भयो । चाल्र्स ७ दिन सेल्फ आइसोलेसनमा बसेर बाहिर आएका छन् । कोरोना संक्रमित भएपछि ७१ वर्षीय चाल्र्स स्कटल्याण्डमा ७ दिन सेल्फ आइसोलेसनमा बसेका थिए । सोमबार उनी चिकित्सकसँगको परामर्शपछि आइसोलेसनबाट बाहिर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

राजकुमार चाल्र्ससँगै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री म्याट हानकक, उप स्वास्थ्यमन्त्री नदिन डोरिसलाई पनि कोभिड–१९ को संक्रमण देखिएको बिबिसीले जनाएको छ । यी घटनाले विश्वभर फैलिरहेको कोरोना भाइरसले सर्वसाधारणदेखि हाइप्रोफाइल समेतलाई छोडेको छैन भन्ने पुष्टि हुन्छ । 

दुई साताअघि स्पेनका प्रधानमन्त्री पेन्द्रो सान्चेजकी श्रीमती बेगोना गोमेजमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । गोमेजसँगै स्पेनका दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियास पनि कोरोना संक्रमित भएका छन् । युरोपमा कोरोना भाइरसबाट इटलीपछि स्पेन सबैभन्दा बढी प्रभावित भएको छ । मंगलबारसम्म कोरानाका कारण स्पेनमा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाइसकेका छन् भने ९५ हजार मानिस संक्रमित छन् । 

यसअघि अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन पनि कोरोना भाइरस संक्रमित भएका थिए । कोरोनाको लक्षण देखिए लगत्तै अस्पताल भर्ना भएका डटन उपचारपश्चात चिकित्सकको परामर्श लिएर घर फर्किएको जनाइएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दुईसाता अघि बेलायतको एक कार्यक्रमबाट फर्केपछि उनमा कोरोना संक्रमण देखिएको हो । श्रीमतीमा कोरोनाको संक्रमण देखिएपछि ट्रुडो पनि १४ दिन सेल्फ आइसोलेसनमा बसेका छन् । 

मध्यपूर्वी देश इरान कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित छ । करिव दुई हप्ता पहिले इरानका उपराष्ट्रपति इसक जहानगिरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । साथै सांस्कृतिक सम्पदा तथा पर्यटन मन्त्री अलि असगर मौनेसन र खानी तथा उद्योगमन्त्री रेजा रहमानीलाई पनि कोरोना संक्रमित भएका छन् । करिव एक महिना पहिले इरानका कार्यवाहक स्वास्थ्य मन्त्री इराज ह्यारिचीमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।  हालसम्म त्यहाँ २ हजार ८ सय ९८ जनाले ज्यान गुमाइसकेका छन् भने ४४ हजार ६ सय ५ जना संक्रमित छन् ।

यस्तै फ्रान्सका संस्कृतिमन्त्री फ्रयांक रियस्टर पनि कोरोना संक्रमित भएका छन् । दुई साता अघि फ्रान्सको संस्कृति मन्त्रालयले रियस्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको थियो । फ्रान्स पनि कोरोना भाइरस अति प्रभावित मुलुकमा पर्छ । वल्र्डोमिटर्सका अनुसार फ्रान्समा हालसम्म ३ हजार ५ सय २३ जनाले ज्यान  गुमाइसकेका छन् भने करिव ५२ हजार मानिस संक्रमित छन् ।

यस्तै, दक्षिण छिमेकी मुलुक भारतमा गायिका कनिका कपुरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनमा एक साता अघि कोरोनाको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लखनउस्थित सञ्जय गान्धी पोष्ट ग्र्याजुएट इस्टिच्युट अफ मेडिकल साइन्स अस्पतालमा उपचाररत कपुरको मंगलबारको पाँचौं रिपोर्टमा पनि कोरोना पोजेटिभ देखिएको दैनिक भास्करले जनाएको छ । अहिले कपुरको स्वास्थ्यमा सुधार हुँदै आएको अस्पतालका निर्देशक डा.आर. के. धिमानले बताएको दैनिक भास्करमा उल्लेख छ । अब कनिकालाई अस्पतालबाट कहिले डिस्चार्ज गरिन्छ त भन्ने प्रश्नमा डा. धिमानले कनिकाको दुईवटा कोरोना भाइरसको परिक्षण नेगेटिभ नआएसम्म डिस्चार्ज नहुने बताएको उल्लेख गरिएको छ । यतिबेला भारतमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण थुपै्र सेलिब्रिटीहरू सेल्फ आइसोलेसनमा बसेका छन् । भारतमा अहिलेसम्म कोभिड–१९ को संक्रमणबाट ४५ जनाले ज्यान गुमाइसकेका छन् भने १ हजार ५ सय ९० जना संक्रमित भएको जनाइएको छ ।  विश्वभर कोरोना संक्रमितहरूको संख्या ८ लाख ६० हजार १ सय ७० पुगेको वल्र्डोमिटर्सले जनाएको छ । 

जसले ज्यान गुमाए 

गत आइतबार स्पेनकी राजकुमारी मारिया टेरेसाको नोबेल कोरोना भाइरसको संक्रमणबाट निधन भयो । एक साताअघि स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जले पनि कोरोना भाइरसको संक्रमणकै कारण ज्यान गुमाउनुपर्यो । सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । उनकै पालामा रियलले च्याम्पियन्स लिग फुटबलको दुई पटक उपाधि जितेको थियो ।

यस्तै जापानमा पनि कोरोनाको महामारी फैलँदो क्रममा छ । भाइरसको संक्रमणका कारण जापानका चर्चित कमेडियन सामुराको मृत्यु भएको छ । निमोनियाको संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका सामुरामा मार्च २३ मा कोरोना पोजेटिभ देखिएको थियो । सोही संक्रमणका  कारण ७० वर्षीय सामुराको गत आइतबार निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अमेरिकाकी एथलेटिक्स खेलाडी मेरी रोमनको एक साताअघि कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । ८३ वर्षीया रोमनले आफ्नो स्पोर्टस् करिअरको समयमा सयौं पदक जितेकी थिइन् । साथै उनी पछिल्लो समय विभिन्न उमेर समूहका खेल प्रतियोगितामा त्यत्तिकै सक्रिय थिइन् । यतिबेला अमेरिका विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुनेमा पर्छ । जहाँ हालसम्म १ लाख ८८ हजार ५ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ५५ जनाको मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ ।  

साथै इरानमा कोरोना भाइरसको संक्रमणबाट केही सांसद तथा उच्चपदस्थ अधिकारीहरूको समेत निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, अन्य केही खेलाडीहरूले पनि कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । 

अहिलेसम्म विश्वका २ सय देशमा फैलिसकेको कोरोना भाइरसको महामारीबाट विश्वभर ४२ हजार ३ सय ४४ जनाले ज्यान गुमाइसकेका छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik