म २२ वर्षीया गर्भवती महिला हुँ । मेरो गर्भ भर्खर ७ महिनाको भयो, तर मलाई बेला–बेलामा पेट दुख्छ । परीक्षण गराउँदा पिसाबमा खराबी छ भन्छन् । मलाई किन पटक–पटक यस्तो भएको हो ? यसबाट जोगिन के गर्नुपर्छ ?
-रा.
गर्भावस्थामा पिसाबको संक्रमण हुनु स्वभाविक हो । पाठेघर ठूलो भएर पिसाबथैली तथा पिसाबनलीलाई थिचेका कारण पनि यस्तो हुन्छ । त्यसैले गर्भावस्थामा हुने पिसाबको संक्रमणबाट जोगिन सजग हुनुपर्छ । गर्भावस्थामा दैनिक ३ लिटरभन्दा बढी पानी पिउनुपर्छ । यतिबेला पिसाब रोक्नु हुँदैन ।
यौनसम्पर्क गर्नुअघि र पछि पिसाब फेर्नुपर्छ भने पिसाबको संक्रमण भएका बेला यौनसम्पर्क गर्नु हुँदैन । भित्री पहिरन खुकुलो लगाउने, दैनिक फेर्ने अनि बाथटबमा ३० मिनेटभन्दा बढी नबस्ने जस्ता सावधानी अपनाउँदा पिसाबको संक्रमणबाट जोगिन सकिन्छ ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ,
मोरङ सहकारी अस्पताल