बेलायतमा निर्माण गरिएको चलचित्र एटिनको ट्रेलर सार्वजनिक भएको छ । यसै साता लण्डनमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर र पोस्टर एक साथ रिजिल गरिएको हो ।
प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको चलचित्रलाई बेलायतमा स्थापित चलचित्रकर्मी प्रेम लामाले निर्देशन गरेका हुन् । लामाले यस अघि बेलायतबाटै तीन चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन् ।
चलचित्रको सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ ।
यो चलचित्रले नेपालबाट बेलायत पुगेर सेटल भएको पहिलो पुस्ता र बेलायतमै जन्मिएर हुर्किएको दोस्रो पुस्ता बीच ‘जेनेरेशन ग्याप’, मनोबिज्ञान र त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देशलाई उठान गर्न खोजिएको निर्माण पक्षले जनाएको छ ।
तारा देवी लामा र पेमा डोल्करको सयुक्त लगानीमा निर्माण भएको चलचित्र ‘एटिन’ मा प्रसुना कंडेल, राजदिप राई, अम्बिका राईु, सनम कुमार बैराग, रितेश चाम्स लगायत नेपाली समुदाय बाहिरका क्रिश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय गरेका छन् । चलचित्रमा चन्द्र कुमार दोङ र तारा प्रकाश लिम्बुको संगीत रहेको छ ।
चलचित्र फेबु्रअरी २४ मा ह्यारो स्थित सफारी सिनेमा घरमा सम्पूर्ण कलाकार सहित प्रिमियर गरिने निर्माण पक्षले बताएको छ ।
चलचित्रको ट्रेलर :