यौन जिज्ञासा र समाधान

धेरै यौन सपना कस्तो खालको समस्या हो

डा. राजेन्द्र भद्रा, मंसिर २५, २०७६

स्वप्नदोष भनिए पनि यो कुनै विकार वा खराबी होइन । त्यसैले यसको कुनै उपचार आवश्यक पर्दैन । तपाईंले हस्तमैथुन वा यौनसम्पर्क गर्ने गरे/नगरेको केही लेख्नुभएको छैन । यसरी निकै यौनसपना देख्नुले यौन तनाव शान्त पार्न तपाईंको प्रयास पर्याप्त नभएको हुन सक्ने कुरालाई संकेत गर्छ । पुरा पढ्नुहोस्

सन्तान जन्माएपछि महिनावारी किन ढिलो  हुन्छ

डा. राजेन्द्र भद्रा, मंसिर १९, २०७६

तपाईंको मनमा स्तनपान गराउने महिलाको हकमा किन महिनावारी चाँडो हुँदैन त भनेर जिज्ञासा हुन सक्छ । हामीलाई थाहै छ, महिनावारीको सञ्चालनमा रागरस (हार्मोन) को महत्त्वपूर्ण भूमिका हुन्छ । शिशुले दूध चुस्न थालेपछि पिटयुटरी ग्रन्थिबाट ‘प्रोल्याक्टिन’ भनिने हार्मोनको निष्कासन हुन्छ । यो हार्मोनको मात्रा पर्याप्त हुँदा यसले डिम्ब निष्कासन हुने प्रक्रिया रोक्ने कार्य गर्छ । पुरा पढ्नुहोस्

३५ वर्षपछि महिलालाई बच्चा जन्माउन गाह्रो 

डा. राजेन्द्र भद्रा, मंसिर ११, २०७६

महिलाको प्रजनन क्षमताको कुरा गर्दा २० देखि ३० वर्षभित्र उत्तम मानिन्छ । महिलाको प्रजनन क्षमता यस्तै ३५ वर्षपछि कम हुँदै जान्छ । तपाईंलाई थाहै छ महिलामा महिनावारी नै बन्द हुन्छ । यसरी महिनावारी बन्द हुनुभन्दा केही वर्ष पहिलेदेखि नै महिलाको प्रजनन क्षमतामा निकै ह्रास आइसकेको हुन्छ । महिलाको प्रजनन क्षमतामा कमी आउने मुख्य कारण डिम्बको गुणस्तर वा संख्या दुवैमा कमी आउनु हो । पुरा पढ्नुहोस्

समलिङ्गी यौन सम्बन्ध किन हुन्छ ?

डा. राजेन्द्र भद्रा, मंसिर ५, २०७६

जसरी धेरै जसो व्यक्ति यौनको दृष्टिले विपरित लिङ्गीबाट आकर्षित हुन्छन्, त्यसैगरी केही व्यक्ति समान लिङ्गीतर्फ आकर्षित हुन्छन् । यो एकदमै प्राकृतिक र स्वभाविक कुरा हो । यसलाई मानव यौनिकतामा भएको विविधता मानिन्छ । यसलाई घृणित मान्नुपर्ने कुनै कारण छैन र उहाँहरूलाई कुनै पनि आधारमा विषालु सर्प भन्ने आधार छैन । पुरा पढ्नुहोस्

के हो डीएनए परीक्षण  

डा. राजेन्द्र भद्रा, कार्तिक २८, २०७६

 श्रीमतीबाट जन्मिएको शिशुलाई आफ्नो मान्न तयार हुनुहुन्न वा मनमा शंका भएकाले यस्तो परीक्षण गराउने विचार गर्नुभएको हो भने केही कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । तपाईंले शंका गर्नुपर्ने आधार कत्तिको वैज्ञानिक छ भन्ने कुरामा धेरै विचार गर्नुपर्छ । पुरा पढ्नुहोस्

यौनसम्पर्कपछि वीर्य किन बाहिर निस्कन्छ

डा. राजेन्द्र भद्रा, कार्तिक १५, २०७६

कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिर आउँछ, यो स्वभाविक हो । यसरी वीर्य योनिबाट वाहिर निस्कनुले पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ । पुरा पढ्नुहोस्

शीघ्र वीर्य स्खलन : समस्या र समाधान

डा. राजेन्द्र भद्रा, कार्तिक ७, २०७६

प्राय: सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । योनिमा घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो । पुरा पढ्नुहोस्

के हस्तमैथुन समस्या हो ? 

डा. राजेन्द्र भद्रा, आश्विन ९, २०७६

हस्तमैथुन गर्दा अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुने, स्मरणशक्ति ह्रास हुने, शारीरिक कमजोरी आउने जस्ता भ्रमहरू व्याप्त छन् । पुरा पढ्नुहोस्

महिनावारीको समस्या र गर्भाधान

डा. राजेन्द्र भद्रा, भाद्र २६, २०७६

अहिले हाम्रो जीवनशैली धेरै नै तनावपूर्ण बन्न पुगेको छ । तीव्र तनाव लामो समय सम्म भोग्नुपर्दा महिनावारी रोकिन्छ । अति नै तनावमा हुँदा एड्रेनालिन अनि कर्टिसोल जस्ता हार्मोन निस्कन्छन्, जसले हामीलाई त्यस किसिमको परिस्थितिको सामना गर्न सघाउँछ । महिलाको सन्दर्भमा यस्ता हार्मोन अत्यधिक निस्कदा त्यसको प्रभाव महिला हार्मोनहरू इस्ट्रोजन तथा प्रोजेस्टेरोनको उत्सर्जनमा नकारात्मक रूपमा पर्छ । पुरा पढ्नुहोस्

हस्तमैथुन र यसले जीवनमा पार्ने असर

डा. राजेन्द्र भद्रा, भाद्र २२, २०७६

कतिपय जोडीले हस्तमैथुन गर्न एक–अर्कालाई सहयोग गर्छन् । अपवादमा केही व्यक्तिमा भने हस्तमैथुनको लत लागेको हुनसक्छ, त्यस्तो स्थितिमा भने यौन क्रियाकलापमा संलग्न नहुने अवस्था हुनसक्छ । सम्बन्धमा तिक्तता आउने भनेको यस्तै बेला हो । पुरा पढ्नुहोस्

बेलैमा यौन तथा प्रजनन शिक्षा

पदमराज जोशी, भाद्र ११, २०७६

यौन तथा प्रजनन शिक्षाको सही ज्ञान नहुँदा अहिले कैयौं किशोरी यौन सम्पर्क गर्दा परिवार नियोजनको साधन प्रयोग नगर्ने तथा असुरक्षित यौन सम्पर्कका कारण अनिश्चित गर्भाधारण गर्ने अनि त्यसपछि पटक–पटक गर्भपतन गराउने प्रवृत्ति देशैभरि बढिरहेको पाइएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । पुरा पढ्नुहोस्